• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • सरकारलाई गिज्याउदै पृथ्वी राजमार्ग : मुग्लिन–पोखरा खण्ड जताततै पानी जम्ने खाल्डो

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (१ साल अघि)
  • ४७७ पाठक संख्या
  • pokhara jane sadak subhayug

    ५ असोज दमौली – देशको तीन तहको सरकारले विकास बजेटको अधिकांश हिस्सा सडक निर्माणलाई मुख्य विकास ठहर गर्दै पुर्वाधार बिकासमा खर्च गर्दै आएको छ । तर सरकारले पुर्वाधार बिकासमा गरेपनी सडकमार्गमा भने अझै सुधार आउन सकेको छैन ।

    देशको राष्ट्रिय राजमार्गको रुपमा परिचित् पृथ्वी राजमार्ग त्यसको उदाहरण बन्न पुगेको छ ।  पछिल्लो समय, सरकारको लगानीलाई पृथ्वी राजमार्गको वर्तमान अवस्थाले गिज्याइ रहेको छ । त्यसो त देशका अधिकांश मुख्य राजमार्गहरूको अवस्था समेत सन्तोषजनक छैन भने सडककै अवस्थाका कारण देशदेखि विदेशसम्म नेपालको राम्रो सन्देश गएको छैन ।

    पृथ्वी राजमार्गको बिभिन्न स्थानमा कतै पानी जमेको आहालै आहाल त कतै भ्वाङ परेको छ । सम्बन्धीत् निकायले बैलैमा चासो नदिँदा र मर्मत् सम्भार नगर्दा, नौविसेदेखि पोखरासम्मको १७४ किलोमिटर लम्वाई रहेको पृथ्वी राजमार्गमा सवारी साधनहरू आफ्नै गतिमा हुँइकिन पाउँदैनन् अर्थात आरामले चल्न सक्ने अवस्थानै छैन । त्यस्तै ब्यवस्थित नाला नहुँदा राजमार्गको कालोपत्रे समेत वर्षातको पानीले बगाउने गरेको छ ।
    बिशेषगरी, पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्डको अधिकांश सडकको बीचमा रहेका खाल्डाखुल्डीले त सवारी र चालकलाई हैरानी पैदा त गरेको छ नै दुर्घटना समेत बढाएको छ ।

    ट्राफिक कार्यालय गण्डकी प्रदेशका प्रमुख एवं प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले सडक दुर्घटनाको कारणमध्ये जिर्ण सडक पनि रहेको बताए । प्रमुख ढकालले सडक दुर्घटना न्यूनीकरणका लागि खाल्डाखुल्डी पुर्नुका साथै सडकमर्मत गर्नुपर्ने सुझाव सम्वन्धित निकायमा दिने गरेको भएतापनि प्रक्रियागत रुपमा जानुपर्ने भएकाले समयमा नहुने गरेको बताए ।

    ट्राफिक कार्यालय गण्डकी प्रदेशको तथ्याङ्ग अनुसार वार्षिक ४ सयभन्दा बढी सडक दुर्घटना हुने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ४ सय ३९ दुर्घटनामा परि २ सय २३ जनाले ज्यान गुमाएका थिए । ४ सय २४ गम्भिर सहित ७ सय ७१ जना घाइते भएका छन् । जसमध्ये पृथ्वी राजमार्गमा मात्र ७६ वटा सडक दुर्घटना भएको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षको यो दुई महिनाको अवधिमा ५६ सडक दुर्घटना भइसकेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले सार्वजनिक सवारी गुड्ने सार्वजनिक सडकलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । केसीले आफूहरूले सरोकारवाला निकायमा दर्जनौ पटक माग राखेपनि कुनै सुनुवाई नहुने गरेको उल्लेख गरेका छन् । ‘यो सडक हुँदै देशका उच्च ओहोदाका ब्यक्तिहरू हिड्नु हुन्छ । तर सडकको जिर्ण अवस्था देख्नु हुन्न’, उनले भने, ‘देशमा रेल र पानी जहाज ल्याउने हो सवारीको लागि बाटो किन बनाउनु प¥यो ?’

    अध्यक्ष केसीले सडक दुर्घटना चालककै लापरवाहीले भएको भन्दै दोष दिँदा सडकको अवस्थालाई पनि ध्यानदिनुपर्ने सुझाव दिएका छन् । तनहुँ ब्यास भूमि यातायात कम्पनी प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठ राकुको पनि गुनासो उस्तै छ । बारम्बार आवाज उठाउँदा समेत सडक डिभिजन कार्यालयले वास्ता नगर्ने गरेको उनले बताए । ‘कुनै प्रतिक्रियापछि एक पटक कार्यालय प्रमुखलाई भित्र राखेर दवाव स्वरुप चावी लगायौँ बल्ल माग सुनुवाई भयो’, उनले भने ।

    सडकको दुरावस्था र सम्वन्धित निकायमा बारम्वार सडक मर्मतका लागि माग राखिएता पनि सुनुवाई नभएको गुनासो बढ्दा सडक डिभिजन कार्यालय कास्कीले भने प्रक्रिया अघि बढेको जनाएको छ । डिभिजन प्रमुख सुनिलबाबु पन्तले सडक मर्मतको मुख्य काम हुने चैत, वैशाख र जेठ महिनामा लकडाउन भएका कारण सडक मर्मत हुन नसकेको जानकारी दिए ।

    उनले पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक खण्डको विस्तारका लागि एडीवीले काम अघि बढाउने भएकाले राजमार्गको दिगो निर्माण हुन नसकेको स्वीकार गरे । ‘सडक एडीवीको ठेक्का लागेपछि नै बन्ने भएकाले टालटुलको काम मात्र हुँदै आएको छ’, उनले भने, ‘अबफेरि पनि मर्मतका लागि ठेक्का पट्टाको गर्न प्रक्रिया शुरु भएको छ ।’

    राजमार्गको दुलेगौडादेखि पोखरासम्मको भाग अत्यन्त जिर्ण अवस्थामा रहे पनि तत्काल मर्मतका लागि चासो नदिँदा उपभोक्ताहरूले सास्ती खेप्न बाँध्य छन् । बर्षेनि गरिने मर्मत कार्य १ वर्ष समेत टिक्न नसक्नुले नेपालको विकासलाई गिज्याइरहेको त छ नै गुणस्तरीयतामा समेत शंका उब्जाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

  • बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

  • केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution