२०८१ भाद्र २२, शनिबार
५ असोज काठमाण्डौं – काठमाडौं विश्वविद्यालय केयुमा करोडौँ रुपैयाँ अनियमितता भएको आशंका गर्दै, केयु प्राध्यापक संघले आफ्नो गम्भिर ध्यानाकर्षण जनाउँदै, बिरोध गरेको छ ।
संघले आइतबार एक विज्ञप्ति जारी गर्दै, आर्थिक कारणले अप्ठ्यारो परेको स्थितिमा केयुले अनावश्यक खर्च कटौति गर्ने, नयाँ नियुक्ति नगर्ने, वैकल्पिक व्यवस्थापनका लागि गृहकार्य गर्ने, विश्वविद्यालयको आन्तरिक श्रोतबाट निर्माण भइरहेका संरचना स्थगन गर्ने र नयाँ निर्माणका कार्यहरु नगर्ने जस्ता कार्यहरु गरिनुपर्नेमा सो विपरित यही समयमा सामान्य टेन्डरका प्रक्रियाहरु समेत पुरा नगरी करोडौैँका निर्माण कार्यहरु भइरहनुले आर्थिक मितव्ययीता कायम नगरिएको र आर्थिक अपचलन कार्यसमेत भएको भन्दै उक्त कार्यप्रती ध्यानाकर्षण जनाउँदै, बिरोध जनाएको छ ।
‘आर्थिक विषयमा कुनै नयाँ निर्णय गर्नुपर्ने भएमा विश्वविद्यालयको वित्तिय अवस्था सार्वजनिक गरी सो अवस्था सृजित गराउन, र दोषी पदाधिकारीमाथि कारवाही गर्न तथा सो पश्चात् विश्वविद्यालयको सभामार्फत मात्र निर्णय गर्न सचेत समेत संघले सचेत गराएको छ । त्यस्तै विश्वविद्यायललाई दिर्घकालिन असर पार्ने विषयमा कुनै पनि हठात निर्णय नगर्न भन्दै प्राध्यापक संघले शसक्त विरोध गर्ने समेत बिज्ञप्तीमा भनियको छ ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. वेदमणी दाहाल र महासचिव डा. विकास अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रारले गत भदौ २८ मा तलब—भत्ता सम्वन्धि जारी गरेको परिपत्रका सम्वन्धमा समेत संघको ध्यानकर्षण भएको र यसमा प्रयोग भएको व्यहोराप्रति संघको गम्भीर विरोध रहेको समेत उल्लेख छ ।
‘कोभिड—१९ का कारणले भएको बन्दाबन्दी र असहज परिस्थिति पश्चात् पनि पठनपाठन, परीक्षा, अनुसन्धान लगायतका शैक्षिक गतिविधीहरु संचालन गर्न यस विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरु लागिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । त्यस्तै ‘अनलाइन कक्षा संचालनमा आवश्यक उपकरणहरु समेत स्वयंले व्यवस्था गरी अध्यापन गरिरहेका प्राध्यापकहरु प्रति गर्व गर्दै संघले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ । त्यस्तै आफ्ना प्राज्ञिक कामहरु उत्कृष्टताका साथ सम्पादन गर्न अनुरोध गर्दछौं ।’ बिज्ञप्तीमा भनियको छ ।
यसरी असहज परिस्थितिमा पनि आत्मप्रेरित भएर पठनपाठन, परीक्षा, विद्यार्थीका सोधकार्य, अनुसन्धान जस्ता शैक्षिक गतिविधिका प्राय सम्पूर्ण कार्य गरिरहनु भएका प्राध्यापकहरुलाई प्रोत्साहन गरिनुपर्नेमा रजिष्ट्रारको परिपत्रमा प्राध्यापकहरुलाई तलब—भत्ता ‘प्रदान गर्दै आएको’ भन्ने जस्ता वाक्यांश उल्लेख हुनु खेदजनक भएको ठहर गर्दै उक्त परिपत्र तत्काल फिर्ता गर्न समेत संघले माग गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar