३ असोज धादिङ – संविधान दिवसको अवसरमा सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कंडेल सहित धादिङका ५ जना सम्मानित भएका छन् ।
लामो समय देखि सहकारी आन्दोलनको अग्रभागमा रहेर नेतृत्व गर्दै आएका धादिङ बेनिघाट रोराङ३ मलेखु घर भएका सहकारी अभियन्ता कंडेललाई सरकारले संविधान दिवसको अवसरमा सुप्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट सम्मान गरेको हो । यस्तै बेनीघाट रोराङ गाँउपालिका घर भएका राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रमेशकुमार सिलवाल पनि सुप्रबल जनसेवा श्री (तृतीय) बाट सम्मानित भएका छन् ।
यसैगरी धादिङ नीलकण्ठ नगरपालिका ११ (हाल ललितपुर बस्ने) अम्बिका धमला, ज्वालमुखी गाउँपालिका (हाल काठमाडौं बस्ने ) बस्ने संचारकर्मी समेत रहेका तेजदत्त खकुराल र जिल्ला प्रशासन धादिङमा कार्यरत लिलाकान्त विश्वकर्मालाई जनसेवा श्री (पञ्चम) पदकबाट सम्मान गरिएको छ ।
सरकारले संविधान दिवसको अवसरमा उनीहरुसंगै ४सए५३ जनालाई मानपदवी, १सए१४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar