• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१४ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१६ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१६ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१६ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१७ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१८ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१९ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१९ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

१९ घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

१९ घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२१ घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • संविधानका संरक्षक सरकार आफैं रक्षक हुनुभन्दा भक्षक बन्न उदृत छ

    न्युज डेस्क, शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ३, शनिबार (४ साल अघि)
  • ३०४ पाठक संख्या
  • sarkar rakshak ki vakshak
    ३ असोज,काठमाण्डौ – आज असोज ३ गते अर्थात नेपालले मूलकानुन पाएको दिन । २०६२ ०६३ को राजनीतिकपरिवर्तनसँगै देशले नयाँसंविधान पाएको ऐतिहासिकदिन । हुनतः यसअघि नेपालमा संविधान हुँदै नभएर पहिलोपटक प्राप्त गरेको भने होईन ।  यसअघि पनि ४७ सालको संविधान अझअघि जाँदा १९ सालको संविधान नेपालमा प्रचलित थिए । तर, समग्रनेपालीको भावना तथा अपनत्व ग्रहण गर्न नसकेको एवम् अग्रगमन हुन नसकेको दोषमा ती संविधान फालियो र, २०७२ सालमा संविधानसभामार्फत नयाँसंविधान जारी गरिएको छ । आज त्यसैदिनले ५ वर्ष पूरागरी छैठौंवर्षतर्फ लम्किरहँदा यसको टिकाउपन तथा भविष्यको बारेमा पनि बेला(बेलामा टीकाटिप्पणी शुरु हुँदै आएका छन् ।
    यसो हुनुमा केही पक्ष संविधानले क्षेत्रीय रुपमा वर्षौदेखिको उपेक्षालाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै आएका छन् त, केही पक्षले संविधान नेपालीजनभावनाबाट भन्दापनि विदेशीईशारा प्रभावित बनेको आरोप लगाएका छन् । चाहे जे होस्, संविधानको भविष्य कार्यान्वयन गर्ने निकायको अभ्यास तथा नियतमा यसको भविष्री आधारित हुने कुरा विश्वव्यापी मान्यता छ । त्यो भनेको सरकार तथा राज्यको भूमिका नै हो । वरिष्ठपत्रकार एवम् राजनीतिकविश्लेषक देवप्रकाश त्रिपाठीले त सामाजिकसञ्जालमा ’कम्युनिष्टको दृष्टिमा अधुरो, कांग्रेसको निम्ति बाध्यताको, जातिवादी तथा क्षेत्रीयतावादीका निम्ति अपर्याप्त दाईजो तथा नेपालीजनता र देशको निम्ति भारीबोझ बनेको विद्यमान संविधानदिवसको अवसरमा युरोपिएनयुनीयन, भारतको पूरानोसत्ता र अमेरिकालाई धेरै धेरै शुभकामना र बधाई छ,’ भन्दै कटाक्ष लेखेका छन् ।
    अब प्रश्न उठ्छ, उसोभए सरकारका व्यवहार के संविधानविपरीत त छैन ? के संविधानका संरक्षक सरकार आफैं रक्षक हुनुभन्दा भक्षक बन्न उदृत छ ? त्यसो त मधेसवादी दलहरु पनि संविधान कार्यान्वय पक्षमा ’ताक परे तिवारी नत्र भने गोतामे’ भन्ने नेपालीउखानका चरितार्थ बनेका छन् । संविधान मान्दैनौं भनी, जारी भएको आजको दिनलाई ’कालोदिन’ मान्ने उनीहरु संविधानबमोजिम नै आफ्ना फाईदा हुँदा त्यसको गुनगान गाउने र फाईदा नपुग्दामात्रै संविधानप्रति रोष प्रकट गर्दैआएका छन् । आफूअनुकूल दोहोरोदृष्टि र मापदण्ड बनाउँदा संविधानको अपहेलना भएको छ । संविधानको रक्षक तथा मुख्य कार्यान्वयनपक्ष सरकारका पछिल्लागतिविधिले सरकार आफैं संविधानको भक्षक बन्दैछ भन्ने आशङ्काको सुविधालाई थप चौडा बनाईदिएको छ । बुँदागत रुपमा सरकारले संविधानविपरीत काम गरिरहेको बोलीलाई सघाउ पु¥याउन गरेका केही कामहरु यस्ता छन्ः
    १) नारायणकाजी तथा वामदेवको राष्ट्रीयसभा प्रकरणः सरकारले निर्वाचनमा जनताबाट पराजीत नेकपाका सचिवालयसदस्यद्वय नारायणकाजी श्रेष्ठ तथा वामदेव गौतमलाई राष्ट्रीसभामा सदस्य बनाएर संविधानको खिल्ली उडाएको छ । जनताले ५ वर्षसम्मको लागि अस्वीकृत गरेका पात्रहरुलाई धमाधम राष्ट्रीसभामा मनोनित गर्दै जनताको मनोभावनामात्रै होईन संविधानको मर्मलाई समेत चुनौती दिने हिसाबले अघि बढिरहँदा संविधानको भविष्यमाथि नै शङ्का पैदा हुन थालेको छ ।
    २) लोकतन्त्रभित्र दमनमा उत्रियो सरकारः पछिल्लोसमय दुईतिहाई हवालामा उक्सिएको सरकार आफ्नाविरोधीविरुद्ध दमनको नीति अख्तियारी गर्ने मनशायमा देखिन्छ । जुन लोकतान्त्रिकसंविधानको भावनाविपरीत हुन्छ । पछिल्लोसमय सरकारविरोधी तथा अधिकारकर्मीहरुलाई प्रहरीको धरपकडमा तीब्रता दिन थालेको छ । शुक्रबारै संविधानको विषयमा प्रश्न राख्दा अनलाईनखबरका २ पत्रकारमाथि प्रहरीले दमन गरेको छ । यस्ताखालका व्यवहारबाट संविधानमा उल्लेखित प्रेसस्वतन्त्रतामा सरकार विश्वास नगर्न थालेको महशुस भएको छ ।
    ३) स्वईच्छाचारी नियुक्तिः सरकार आफ्नासमर्थक तथा पार्टी कार्यकर्ताहरुलाई बिनाप्रतिष्पर्धा स्वईच्छाचारी ढङ्गले राज्यका विभिन्न निकायमा नियुक्ति दिन तल्लीन देखिन्छ । भर्खरैमात्रै पनि नेपाल रेल्वे कम्पनीमा गुरु भट्टराईलाई महाप्रवन्धक नियुक्ति दिएको छ । केही समयअघि विचौली भनी, आरोप लगाईएका सुशील भट्टलाई लगानी वोर्डको प्रमुखमा नियुक्ति दिईसकेको छ । यी व्यक्ति केन्द्रितभन्दा पनि प्रवृत्ति दीर्घकालीन र नकारात्मक हुन पुगेको छ, जुन संविधानको मर्मप्रतिकूल छन् ।
    ४) सरकारअनुकूल अध्यादेश ल्याउँदैः संसद चालूअवस्थामा रहँदा(रहँदै पनि सरकारले आफूअनुकूलको अध्यादेश ल्याउन संसद्को अधिवेदन अन्त्य गरेको छ । यो संविधानविपरीत नै भन्न नसकेतापनि संविधानको नजरमा राम्रो काम गरेको भन्न सकिदैन । सरकारले केही समयअघि संवैधानिकनिकायमा आफूअनुकूल नियुक्ति दिन मिल्नेगरी प्रमुख प्रतिपक्षीबिनाको अध्यादेश ल्याईएको थियो । भलै त्यो फिर्ता भईसकेको अवस्था छ । त्यसमा सरकार सञ्चालन गरिरहेकै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावले संविधानको मर्मविरीत आएको अध्यादेश तत्काल खारेज गर्न माग गरेका थिए । उनले ट्विट गर्दै संविधानको मर्मविपरीत अध्यादेश किन ल्याइयो ? भनी प्रश्न गरेका थिए ।
    त्यस्तै राष्ट्रीयसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि केही समयअघि संविधान र कानुनको मर्मविपरीत नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएका थिए । अध्यक्ष तिमिल्सिनाले संविधानको मर्मविपरित सरकारले नियमावली र निर्देशिका जारी गरेरनगरेको कडा निगरानी गर्न पनि राष्ट्रीयसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिएका थिए ।
    सरकार संविधानविपरीत गएको भन्दै प्रमुखप्रतिपक्षी नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतिविधि संविधानविपरीत आरोप लगाउँदै आएका छन् ।
    माथि उल्लेखित सबै प्रतिनिधित्व घटना मात्रै हुन्, जसले संविधानको भक्षण हुँदै गएको लक्षण दिएको छ । संविधानको रक्षक र कार्यान्वयन गर्ने प्रमुखनिकाय सरकार नै भएकोले यसको सबैभन्दा चोटिलो प्रहार पनि सरकारले नै सहनुपर्ने हुन्छ । तसर्थ पाँचौ संविधानदिवस मनाईरहँदा यसको दिवसको औपचारिकता मात्रै मनाउनेभन्दा मर्मबमोजिमको क्रियाकलापमा ध्यान दिनु वाञ्छनीय देखिन्छ । संविधानदिवसको शुभकामना ।
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १४ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १६ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १६ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १६ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १७ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १८ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १९ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १९ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    १९ घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution