• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ चलचित्रको तयारीमा नीता

१५ घण्टा अघि
२

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१५ घण्टा अघि
३

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२१ घण्टा अघि
४

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२१ घण्टा अघि
५

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२१ घण्टा अघि
६

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
७

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
८

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
९

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
१०

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
११

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि
१२

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २१ घण्टा अघि
  • पछिल्लो तथ्यांकले काठमाडौंको अवस्था चिन्ताजनक : स्वास्थ्य मन्त्रालय

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र ८, सोमबार (४ साल अघि)
  • ६७८ पाठक संख्या
  • kathmandu photo copy

    ८ भदौ, काठमाडौं-  कोभिड १९ संक्रमितको पछिल्लो तथ्यांकले काठमाडौंको अवस्था अत्यन्तै चिन्तित बनेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  काठमाडौं उपत्यकामा विहिवारसम्म करिव ३ हजार सक्रिय संक्रमित पुगेका छन् । पछिल्ला केही दिनमा दैनिक एक सय पचास देखी दुई सयसम्म संक्रमित फेला पर्न थालेपछि स्थिति गम्भिर बन्न थालेको हो ।

    मानिसहरुले अटेरी गरिरहने हो भने अझै पनि भयावय अवस्था आउने चिन्ता व्यक्त गरेको छ । आइतवारसम्मको तथ्यांक हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा २ हजार ९६५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौं जिल्लामा जनसंख्या अत्याधिक रहेको छ ।

    सरकारी तथ्यांक हेर्ने हो भने उपत्यकामा करिव ५० लाख व्यक्ति बसोबास गरिरहेका छन् । काठमाडौंमा आइतवारसम्म २ हजार ३६८ सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा ३६६ र भक्तपुरमा २३१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म उपत्यकामा कुल संक्रमितको संख्या ३ हजार २६२ पुगेको छ । तर, संक्रमित निको हुने दर भने तथ्यांकले न्युन देखाएको छ । हालसम्म केवल २९७ जनामात्रै निको भएको देखाएको छ ।

    काठमाडौं महानगरपालिकामा संक्रमणको स्तर भयानक रहेको छ । काठमाडौंमा मात्रै शनिवारसम्म १ हजार ६०६ जना संक्रमित फेला परेका छन् । ३२ वटा वडामध्ये दुई वडामा १ सय भन्दा बढि संक्रमित फेला परेका हुन् । वडा नम्बर ३२ कोटेश्वरमा १२३ र वडा नम्बर २ महाराजगञ्जमा ११९ जना संक्रमित छन् । शनिवारसम्म महानगरमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।

    काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्रका छन । बानेश्वर क्षेत्रमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । त्यस बाहेक वडा नम्बर २७ महावौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेनस्थानमा १ जनाको मृत्यु भएको महानगरले जनाएको छ ।

    महानगरको तथ्यांक अनुसार कुल संक्रमितमध्ये १८८ जना निको भएर घर फर्किएका छन् । महानगरले निको भएकाहरूको यकिन तथ्यांक अझैं पूर्ण रुपमा आइनसकेको जनाएको छ । कतिपय होम आइसोलेशनमा बसेको र निको भएपछि जानकारी नगराउने भएका कारण यकिन विवरण नआएको बताएको छ । त्यस्तै आइतबार काठमाडौंमा जिल्लाभरीमा १२६ जना कोरोना संक्रमित थपिएका छन् । उक्त तथ्यांक महानगरले यसमा अद्यावधिक गरेको छैन ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंको अवस्थाले आफुहरुलाई चिन्तित बनाएको बताएका छन् । ‘काठमाडौंमा बढिरहेको कोभिड–१९ सक्रमितको संख्याले हामीलाई बहुत चिन्तित बनाएको छ’, उनले भने,‘काठमाडौंमा संक्रमणको दर बढिरहेको छ । झण्डै ५० लाख व्यक्ति बसोबास गर्ने यस उपत्यकामा समुदायस्तरमा पुग्यो भने यसलाई रोक्न धेरै गाह्रो हुनेवाला छ ।’ उनले ‘केस इन्भेस्टिगेशन’ र ‘कन्ट्रयाक्ट टे«सिङ’का लागि प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत सबै पालिकाहरुमा समन्वय गरी छिटो छरितो गर्ने कार्य शुरु भएको बताए । साथै पोजेटिभ पाउने वित्तिकै स्वास्थ्य टोलीले पनि तत्कालै सम्पर्क गर्ने जानकारी प्रवक्ता गौतमले दिए ।

    २० हजार परीक्षण हुने

    उपत्यकामा समूदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने भएको छ ।

    नगरपालिका फोरमका पदाधिकारीको बैठकले समुदायस्तरमै पुग्न सक्ने खतरा रहेको औल्याउदै कम्तीमा पनि तत्कालै २०हजार टेस्टिङ गर्ने निर्णय गरेको हो । कोभिड१९ बारे थप छलफल गरी निर्णयमा पुग्न सोमबार उपत्यका नगरपालिका फोरमको बैठक बोलाइएको छ ।

    उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना छ’ फोरमका महासचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढछौँ ।’

    ८१८ नयाँ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८१८ नयाँ संक्रमित देखिएका हुन् ।  उनीहरुमध्ये २२० महिला र ५९८ पुरुष छन् । हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतवार उपत्यकामा देखिएका थप १६६ कोरोनाका संक्रमितमध्ये काठमाडौँका १६६, लतिपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार ४१४ जना रहेका छन् ।

    कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्साको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए । तर, यसबाहेक पनि आइतवार रुपन्देहीमा दुई, धरानमा एक व्यक्तिको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।

    अहिले होम आइसोलेशनमा रहेका बिरामीको संख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका संक्रमितको सङख्या आठ हजार ७२४ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या जम्मा १३ हजार १५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेशनमा तीन हजार ९४३ जना छन् । आइसियुमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् । सौर्य दैनिकवाट

  • Corona Virus
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

  • नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

  • ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

  • अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न


  • समाचार
  • १

    नयाँ चलचित्रको तयारीमा नीता
    १५ घण्टा अघि

  • २

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १५ घण्टा अघि

  • ३

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २१ घण्टा अघि

  • ४

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २१ घण्टा अघि

  • ५

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २१ घण्टा अघि

  • ६

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ८

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • ९

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • १०

    क्यापिटल क्विनको उपाधि करुणालाई
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution