२०७९ जेष्ठ ११, बुधबार
सुनवल – पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा–९ का अध्यक्ष कन्हैया थारुको मोटरसाइकल चोरी भएको छ ।
गएराती वडा अध्यक्ष थारुको घरबाट उनी चढ्ने सेतो नम्बर प्लेटको लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाइकल चोरी भएको होे। कार्यालय प्रयोजनको लागि नगरपालिकाले दिएको उक्त मोटरसाइकल राति घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको अध्यक्ष थारुले जानकारी दिए ।
नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजनको लागि सेता प्लेटको मोटरसाइकल उपलब्ध गराएको छ । सरकारी मोटरसाइकल आफ्नै घरवाट चोरी भएपछि खोजी कार्य भैरहेको वडा अध्यक्ष थारुले जानकारी दिए । ‘‘घरको कम्पाउण्डमा कार, व्यक्तिगत मोटरसाइकल भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेको अध्यक्ष थारुले बताय ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह