२०७९ जेष्ठ ८, आईतबार
२९ साउन, काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
बाहिर हुने भीडभाडका कार्यक्रम रोकिए पनि घरभित्र हुने जात्राका विधि भने गर्न सकिने उनले बताए । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले मठमन्दिरलगायत जात्रापर्वका भीडभाड रोक्ने निर्णय गरेको हो ।
इन्द्रजात्रा चलाउँदै आएको गुठी संस्थान जिल्ला शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदी पनि जात्रा गर्ने वातावरण यस वर्ष नभएको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालयको निर्णय प्राप्त भएपछि विधि भने पूरा गर्ने गरी काम गरिने उनको भनाइ छ ।
यस वर्ष इन्द्रजात्राको लिङ्गो गाड्ने साइत आगामी भदौ १४ गते बिहान ७।०७ बजे र जात्राको मुख्य दिन भदौ १६ गते तोकिएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह