२०८१ आश्विन २५, शुक्रबार
राममणी सिलवाल
२८ साउन धादिङ – धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या बढेसंगै जिल्ला प्रशासन कार्यालय धादिङले निशेधाज्ञा जारी गरेको छ ।
आज बुधबारवाट लागु हुनेगरी भाद्र ३ गते सम्मको लागि जिल्लाका बिभिन्न स्थानमा निशेधाज्ञा जारी गरेको छ । पछिल्लो समय जिल्लाका बिभिन्न होटल संचालक, प्रहरी प्रमुख, रेडक्रसका कर्मचारी समेतलाई कोराना भाईरस संक्रमण देखियपछि जिल्ला प्रशासन कार्यालय धादिङले निशेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
बुधबार धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षयतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले जिल्ला सदरमुकाम प्रबेश गर्ने मुख्य नाका स्थित् कालुपाण्डे राजमार्गको फुर्केखोला देखि धादिङबेसी तथा नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजे देखि लागुहुने गरि भाद्र ३ गते सम्म निशेधाज्ञा जारी गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । निषेधाज्ञा जारी भयसंगै जिल्लामा अत्यावश्यक बाहेकका सबै यातायात पूणर्रुपमा बन्द गराउने, त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्ला भित्रपर्ने क्षेत्रमा होटल,बैंक तथा वित्तिय संस्था र जिल्ला भित्रका सम्पुणर् शैक्षिक संस्थाहरु बन्द गर्ने निणर्य गरिएको धादिङ प्रशाशनले जनाएको छ ।
त्यस्तै संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक टे्रसिङ गर्न समेत सम्बन्धीत स्थानीय तहमा गठित अष्तत लाई सक्रिय बनाउने, आवश्यकता अनुसार अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधी तथा राजनितिक दलको सहयोग लिने समेत बैठकले निणर्य गरेको छ ।
त्यस्तै पिसिआरका लागि नमुना संकलन गर्न आवश्यक पर्ने भिटिएम स्वास्थ्य कार्यलयले उपलब्ध गराउने, कोभिड व्यवस्थापनको लागि आवश्यक पर्ने भिटिएम,पिपिई,जनशक्ति लगाएतका सामानहरु संघ र प्रदेश सरकार सँग माग्ने, सम्बन्धीत गाउँपालिकाका एम्बुलेन्सलाई चौविसै घण्टा तयारी अवस्थामा राख्ने समेत बैठकले निणर्य गरेको छ । जिल्ला अस्पताललाई चौविसै घण्टामा तयारी अवस्थामा राखि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन समेत जिल्ला अस्पताल धादिङलाई निर्देशन दिएको छ ।
बैठकमा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल,नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
हालसम्म धादिङमा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ भने धादिङ घर भएका १ जनाको काठमाण्डौं स्थित् ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar