• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २२, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

३ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

३ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

३ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

३ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

३ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

३ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

३ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

३ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

३ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ५ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    ३ हफ्ता अघि
  • achham jeep १०

    गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार स्कार्पिओ दुर्घटना

    ३ हफ्ता अघि
  • सांसदको दबाबपछि ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ निरन्तरता

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ जेष्ठ १४, बुधबार (२ साल अघि)
  • ७८२ पाठक संख्या
  • १४ जेठ काठमाण्डौ – सांसदको चर्को दबाबपछि सरकारले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’लाई निरन्तरता दिने भएको छ ।

    विगतमा विवादित बनेको यो कार्यक्रम कोरोना महामारीका कारण रोकिने आशंकाका बीच सरकारले निरन्तरता दिन लागेको हो ।सांसदले आफ्नो निर्वाचन क्षेत्रमा आफुखुशी रकम प्रयोग गर्न पाउने भएकाले यसमा अनियमितता हुन सक्ने भन्दै हटाउनुपर्ने माग उठिरहदै आएको छ ।

    अर्थमन्त्रालयले सो कार्यक्रम समावेश नगरेपछि सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेरै कार्यक्रम राख्न दवाव दिएका छन् । सो विषयमा सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच छलफल पनि भएको थियो । अर्थ मन्त्रालयको बजेट बनाउने टोली नै अपरान्ह प्रधानमन्त्री निवास पुगेको थियो ।

    संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ जना सांसदलाई यसअघिको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोडका दरले बजेट विनियोजन भएको थियो । अघिल्लो पटक सांसदले १० करोड पु¥याउन माग गरेपनि सरकारले अन्तिम समयमा ६ करोड छुट््याएको छ । तर, यसपटक भने कति रकम छुट््याउने भन्ने टुंगा लागि नसकेको स्रोतले बतायो । अर्थमन्त्रालयका एक अधिकारीका अनुसार भने विगतको भन्दा रकम केही घटेर आउन सक्ने जानकारी दिए ।

    कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीको असर र प्रभावका कारण बजेटको स्रोत जुटाउन सकस भएकाले सो रकम घट्ने ति अधिकारीले बताए । बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले सांसदको दबावपछि अन्तिम समयमा आएर सो कार्यक्रम समेटेको हो । ‘दुर्गम र पिछडिएका क्षेत्रको विकासका लागि यो कार्यक्रम आवश्यक छ भन्ने कुरा आयो’, ति अधिकारीले भने, ‘त्यसबाहेक, राजनीतिक नेतृत्व र सिंहदरवारमा पहुँच नभएका सांसदको क्षेत्रको विकासको लागि पनि यो कार्यक्रम प्रभावकारी रहेकाले निरन्तरता दिनुपर्ने भनेपछि कार्यक्रमले निरन्तरता पाउने भएको छ ।’

    चालु आर्थिक वर्षमै पनि सांसदहरूले उक्त रकम प्रभावकारी रूपमा खर्च गर्न सकेका छैनन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार, ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ९ अर्ब ९० करोड बजेट छुट्टयाइएकोमा अहिलेसम्म जम्मा एक अर्ब ९ करोड रूपैयाँ मात्र खर्च भएको छ । सांसदको निर्वाचन क्षेत्रमा पूर्वाधार विकासमा खर्च गर्नु पर्ने यो रकम धेरैजसो असारको अन्तिममा खर्च हुने हुँदा अनियमितता हुने आशंका बढ्ने गरेको छ ।

    संसद्मा प्रतिपक्षी दलका सांसदहरूले यो कार्यक्रम खारेज गर्न माग गर्दै आएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् । अघिल्लो वर्ष पनि नेकपाकै सांसदहरूको जोडबलमा अर्थमन्त्रीले सांसदलाई पैसा बाँड्ने कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

    अर्थमन्त्रालयले स्रोतमा दबाव परेपछि करिव १६ खर्ब रुपैयाँमाथिको बजेट तयार पारेको छ । सोमबार प्रधानमन्त्रीसँगको छलफलपछि अर्थमन्त्री र मन्त्रालयले सो रकम बराबरको बजेट तयार पारेर रातो किताब छाप्न पठाएको छ । यद्यपी बजेटमा अझै पनि केही महत्वपूर्ण कुराहरु समेटन् बाँकी रहेको छ । स्वास्थ्य, कृषि र रोजगारीलाई मुख्य लक्ष्य बनाइएको बजेट अघि सरकारले जेठ २ गते नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

    आर्थिक वृद्धिदर २.३ प्रतिशत
    सरकारले अर्थतन्त्रको सुधारको तीव्रतालाई कोरोनाले प्रभाव पारेका कारण यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण सार्वजनिक भएको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने र प्रतिव्यक्ति आय भने एक हजार ८५ अमेरिकी डलर पुग्ने देखिएको जानकारी दिए । प्रतिव्यक्ति आयमा हुने वृद्धि करिब सात प्रतिशत अर्थात ४६ अमेरिकी डलर हुन आउछ ।

    डा. खतिवडाले फागुनसम्ममा अर्थतन्त्रका सूचक सकारात्मक दिशामा अघि बढिरहेको समयमा कोरोनाको विश्वव्यापी र नेपाल दुवै खाले अर्थतन्त्रमा संकुचन ल्याएको जानकारी दिए । फागुनसम्म तीव्रता पाएको अर्थतन्त्रले चैतदेखि भने कोरोना प्रभावको सामना गर्न पुगेको उनको भनाइ थियो ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएका बन्दाबन्दी लगायतका प्रयासबाट चालु आवको कुल लगानी पनि खुम्चँदो अवस्थामा पुग्ने जानकारी खतिवडाले दिए । गत वर्षकोभन्दा ३.४ प्रतशितले लगानी संकुचित हुन जाँदा कुल वार्षिक लगानी १८ खर्ब ८९ अर्ब रुपियाँमा सीमित हुने दखिएको उल्लेख गरे । निरपेक्ष गरिबी भने सुधार भएर १६.६७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । मूल्यवृद्धि ६.५ प्रतिशत रहने उल्लेख छ ।

    प्रतिव्यक्ति ऋण ३ हजार बढ्यो
    चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत फागुनसम्ममा यस्तो ऋण ९ खर्ब ७८ अर्ब ४४ करोड रुपैयाँ थियो । असारसम्ममा १० खर्ब ४७ अर्ब ९० करोड हुँदै हाल आएर ११ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले बताए ।

    यस आधारमा हालको २ करोड ९२ लाख जनसंख्यामा भाग लगाउने हो भने प्रतिव्यक्ति सार्वजनिक ऋण ३९ हजार ३३ रुपैयाँ पुगेको छ । गत वर्षको फागुनसम्ममा सार्वजनिक प्रतिव्यक्ति ऋण ३६ हजार थियो । आम सर्वसाधारणले तिरेको करबाट ऋणको साँवा व्याज भुक्तानी गर्नुपर्ने हुँदा सार्वजनिक ऋण प्रति नागरिकसँग तुलना गरेर हेरिन्छ । सौर्य दैनिकवाट साभार l

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

  • सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

  • अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    ३ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    ३ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    ३ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    ३ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    ३ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    ३ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ५ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution