२०८१ आश्विन २०, आईतबार
१ जेठ,धादिङ – धादिङ प्रहरीले १ सय केजी चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।
https://youtu.be/PWFp_R9PENM?t=1
बुधबार राती विषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीको संयुक्त टोलीले गजुरी गाउँ पालिका वडा नम्बर ६ स्थित दरियाल खोलावाट पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले वताए ।
आदमघाटबाट किरान्चोक जाने कच्चि सडकबाट पृथ्वीराजमार्ग आउने क्रममा बा९७प४९९ नम्वरको मोटरसाईल र प्रदेश ३–००१प ७४४८ नम्वर लेखिएको पलसर वाईकबाट २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रबक्ता भोजराज पाण्डेले जानकारी दिए ।
यता १०० केजी चरेश सहित पक्राउ पर्नेमा धादिङ्ग जिल्ला गजुरी गाउँपालिका वडा नं. ८ वस्ने वर्ष ३७ का टेक वहादुर तामाङ्ग र गजुरी गाउँपालिका वडा नं. ८ महादेवखर्क वस्ने वर्ष २६ का विशाल तामाङ्ग रहेका छ्न ।
लागु औषध तस्करहरुले लकडाउनको मौका छोपी कारोवार गरेको हुन सक्ने समेत प्रहरीको अनुमान छ ।
गजुरी प्रहरीले गएको एक वर्षमा १ टन भन्दा वढि चरेस गाँजा पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय गजुरीले आफ्नो कार्य क्षेत्र भित्र करिव २ हजार रोपनी भन्दा वढि अफिम र गाँजा नष्ट गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले वताए ।
https://youtu.be/qVjHIcExAng?t=4
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar