१६ वैशाख काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदिप पाण्डे र आङकाजी शेर्पाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा संयुक्त रुपमा साइबर क्राइमको मुद्दा दर्ता गराएका छन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिसिला यमी, विश्वदिप पाण्डे र आङकाजी शेर्पाले समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादवको अपहरण भएको भन्ने झूठा प्रचार गरिएको र त्यसलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गाली गलौज गरेको भन्दै संयुक्त रुपमा साइबर क्राइमको मुद्दा दर्ता गराएका हुन् ।
मुद्दा दर्ता गर्नुको मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोग हुनु उल्लेख गरिएको छ । समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादवको अपहरण भएको भन्ने झूठा प्रचार गरिएको र त्यसलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गाली गलौज गरिएको भन्ने उजुरीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय युवा संघका तर्फबाट सञ्जिव कुमार सुरज झा र अनेरास्ववियुका तर्फबाट नारायण घर्तीले उक्त उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनालको मान मर्दन हुनेगरी फेसबुक, ट्वीटरलगायतमा स्टाटस लेखिएको र त्यसले सामाजिक प्रतिष्ठामा आँच पुगेको पनि उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar