• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ७, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

१३ घण्टा अघि
२

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

१३ घण्टा अघि
३

भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

१३ घण्टा अघि
४

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

१४ घण्टा अघि
५

‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

१४ घण्टा अघि
६

गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल

१४ घण्टा अघि
७

सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल

१५ घण्टा अघि
८

बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

१६ घण्टा अघि
९

प्रधानमन्त्री दाहाल बेइजिङमा

१६ घण्टा अघि
१०

पानीमा डुबेर एक बालकको ज्यान गयो

१६ घण्टा अघि
११

अप्पर लोहोरे खोलाको आइपीओ नेप्सेमा सूचिकृत

१६ घण्टा अघि
१२

सामान्य बढयो सुनको भाउ

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ४ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री केपी शर्मा ओली

    प्रकाशित मिति: २०७६ फागुन ७, बुधबार (३ साल अघि)
  • ६०१ पाठक संख्या
  • KP-Oli-1

    ७ फागुन  काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ ।

    विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उहाँले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पार्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।” प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताउनुभयो ।

    उहाँले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताउनुभयो । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताउनुभयो । उहाँले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याउनुभयो ।

    “त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रुपमा स्मरण गर्दै उहाँले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएको उल्लेख गर्नुभयो ।

    उहाँले देशभित्र र देश बाहिर रहनुभएका आम नेपालीलाई दिवसको अबसरमा शुभकामनासमेत व्यक्त गर्नुभयो । उहाँले आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरङ्कुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा स्मरण गर्नुभयो । वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्व्यावस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्ष अघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गर्नुभयो ।

    प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, “आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।” द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रुपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ ।

    नेपाली समस्या आफैँ हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले मुलुक प्रजातान्त्रिक अधिकारमार्फत देशको गरिमा बढाउने र समृद्धि गर्ने जनताको चाहना सफलतातर्फ अग्रसर भइरहेको छ । नयाँ मुलुकमा राज्य संरचना, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको उल्लेख गर्दै उहाँले एउटा सरकारको ठाउँमा अर्काे सरकार बनेजस्तो सहज नभएको बताउनुभयो ।

    उहाँले छोटो अवधिमा चिरकालदेखि देखिएको जनआकाङ्क्षाको सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा रहेकाले अहिलेको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाउर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समृद्धिको अभियानका समयमा कतिपय पक्षबाट आइरहेको असन्तुष्टि, प्रणालीगत वदलाव, जनआकाङ्क्षा र राज्यको संस्थागत आवश्यकतालाई केलाउनुपर्ने अबस्था रहेको बताउनुभयो । विसं २००७ को परिवर्तनजस्तै आजको समय विकास र समृद्धिको युग हो भन्दै प्रधानमन्त्री ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगे पनि बेरोजगारी र पछौटेपनको अबस्थाबाट मुलकुलाई बाहिर निकाल्नुपर्न अभिभारा सरकारसामु रहेको बताउनुभयो । “विकासको नयाँ युगमा प्रवेश गराउन सरकार योजनाबद्ध रुपमा अघि बढेको छ, आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशातर्फ अघि बढेका छौँ”, उहाँले थप्नुभयो ।

    सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको बताउनुभयो । यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । यस यात्राबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाँक्षा पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यतिखेर सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित रहेको भन्दै उहाँले समृद्धि प्राप्तिको यो अभियानमा मित्रराष्ट्रको सहयोगको अपेक्षा गर्नुभयो ।

    उहाँले मुलुकलाई संविधान र कानूनअनुसार अघि बढाउने र लोकतान्त्रिक प्रणालीमा व्यवधान पुग्न नदिनेमा आम नेपालीलाई आश्वस्त पार्नुभयो । राष्ट्र निर्माण, प्रजातन्त्र प्राप्ति, लोकतन्त्रका लागि गरेको लामो संघर्ष र इतिहासको परिघटनासम्बन्धीको ज्ञानलाई भावि पुस्ताले पनि अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नी सापाकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो । सो क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

  • केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

  • ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

  • गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल

  • बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता


  • समाचार
  • १

    ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो
    १३ घण्टा अघि

  • २

    सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
    १३ घण्टा अघि

  • ३

    भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा
    १३ घण्टा अघि

  • ४

    सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ
    १४ घण्टा अघि

  • ५

    ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
    १४ घण्टा अघि

  • ६

    गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल
    १४ घण्टा अघि

  • ७

    सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल
    १५ घण्टा अघि

  • ८

    बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता
    १६ घण्टा अघि

  • ९

    प्रधानमन्त्री दाहाल बेइजिङमा
    १६ घण्टा अघि

  • १०

    पानीमा डुबेर एक बालकको ज्यान गयो
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा एक सपिङ मलमा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    रुसी कमान्डरहरूको बैठकमा भएको हमलामा कयौं मारिएको युक्रेनको दाबी

    शुभयुग सम्वाददाता
    ३

    श्रम कानूनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा

    शुभयुग सम्वाददाता
    ४

    अमेरिकाद्वारा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने प्रक्रिया सुरु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution