भ्रष्टाचार विरुद्ध धादिङमा नागरिक निगरानी सँस्था स्थापना
प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार (४ साल अघि)
७३१ पाठक संख्या
६फागुन, धादिङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्धको सचेतना अभियानलाई सहयोग गर्न धादिङका सामाजिक अभियन्ताहरुले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सँस्था स्थापना गरेका छन् ।
मंगलवार, जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजित् एक कार्यक्रम मार्फत् सँस्था स्थापना गरियको हो । देशमा बढ्दो भ्रष्टाचारलाई रोकथाम गर्ने र राज्यलाई पारदर्षि ढंगले अघि बढाउनका लागी जिल्ला तहवाट पहल गर्ने उद्धेश्यले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सँस्था स्थापना गरियको सामाजिक अभियन्ता केशव दुवाडीले बताउनुभयो ।
कार्यक्रमकै अवशरमा ९ सदस्यीय कार्यसमिती समेत गठन गरियको छ । सँस्थाको तदर्थ समितीको अध्यक्ष, प्रमोदराज रुपाखेती, उपाध्यक्ष शङ्कर तामाङ,सचिब केशव दुवाडी, सहसचिब टापबहादुर श्रेष्ठ, कोषाध्यक्ष सबिता अर्याल तथा सदस्यहरुमा कुमार कार्की ,इश्वरी अर्याल, सानुबाबु बराइली (सीताराम) र देबकी पौडेल लगायत छन् ।
९ सदस्यीय कार्यसमिती गठन गरी संस्था मंगलवारै जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता समेत भएको छ ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौटाका कार्यालय प्रमुख सहसचिब शिव कुमार कार्की, धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी,सशस्त्र प्रहरी नायब उपरिक्षक धिरेन्द्रराज न्यौपाने , अख्तियारका शाखा अधिकृत विकाश बिक तथा सिद्धलेक गाउँ पालिकाका शाखा अधिकृत विनोद अर्याल लगायतको उपस्थिीती रहेको थियो ।