सिद्धलेक स्थित कुम्पुर परेवाटारमा विश्व भागवत धामको शिलान्यास
न्युज डेस्कप्रकाशित मिति: २०७६ फागुन १, बिहिबार (४ साल अघि)
१३९ पाठक संख्या
१ फागुन, धादिङ – धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ६ स्थित कुम्पुर परेवाटारमा विश्व भागवत धाम कोष नेपाल भागवत धामको शिलान्यास भएको छ ।
बिहीबार बिहान सवा ११ बजे विश्व भागवत धाम कोष नेपालका अध्यक्ष तथा संरक्षक बाल तपस्वी उत्तम भट्ट महाराजद्धारा सुभ साइतमा धामको पुर्व पट्टिको जगमा दियो कलश तथा शिला स्थापना गरि पुजा अर्चना गरि भवन निर्माणको शुभारम्भ गरिएको हो ।
भवन शिलान्यास कार्यक्रममा सिद्धलेक गाउँ पालिकाका अध्यक्ष, सिद्धलेक गाउँ पालिका वडा नं.६का वडा अध्यक्ष लगायतले सो धाम निर्माणका लागि जगमा पुजा अर्चना समेत गरेका थिए ।
१ करोड दिप प्रज्वलन सहित गत मंसिर १९ देखि २६ गते सम्म श्रीमद् भागवत भागवत ज्ञान महायज्ञ गरि उक्त धाम निर्माणका लागी आर्थिक संकलन समेत गरिएको थियो । महायज्ञमा धाम निर्माण गर्नाका लागी सिद्धलेक लगायत् छिमेकी गाउँ पालिका बेनिघाट रोराङ, गजुरी गाउँपालिका लगायतले आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
१ करोड दिप प्रज्वलन सहित यहि ०७६ साल मङ्सिर १९ गते देखि २६ गते सम्म सो स्थानमा श्रीमद्भागवत भागवत महायज्ञ गरि धाम निर्माणका लागी आर्थिक संकलन गरिएको थियो सो महायज्ञमा धाम निर्माण हुने सिद्धलेक गाउँपालिका, छिमेकी गाउँ पालिका बेनिघाट रोराङ गाउँपालिका लगायतले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
भवन सिलान्यास कार्यक्रममा समितिका पदाधिकारीहरु स्थानीय जन समुदायको समेत बाक्लो उपस्थितिरहेको थियो ।