२०८१ भाद्र २३, आईतबार
धादिङ :
सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङले कडाईका साथ मापदण्ड लागु गरेको छ ।
पछिल्लो समय दैनिक जसो सवारी दुर्घटनामा अत्यधिक बृद्धि हुन थाले पस्चात् जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङले कडाईका साथ मापदण्ड लागु गरेको हो ।
धादिङ जिल्ला पनी अत्यधिक दुर्घटना हुने जिल्लाहरु मध्य मुख्य सुचिमा रहेकोले यसलाई कडाई गर्न प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालय धादिङलाई निर्देशन् समेत दियका छन् ।
प्रमुख जिल्ला अधिकारीको निर्देशन् पस्चात् बिषेसगरी पृथ्वी राजमार्गमा चल्ने सवारी तथा जिल्लाको ग्रामिण क्षेत्रमा चल्ने अधिकांश सवारी साधनहरुलाई कडाई गर्न जिल्लागत् रुपमा नयाँ ब्यबस्था तथा प्राबधान लागु गर्न थालीएको हो ।
नयाँ ब्यबस्थामा अवदेखी धादिङ जिल्लाका पक्कि तथा ग्रामिण कच्ची सडकमा चल्ने कुनैपनी यात्रुबाहक सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु बोक्न पाईने छैन । त्यस्तै ग्रामिण तथा अधिकांश सडकमा गुड्ने तोकिएको सवारी साधन बाहेक अन्य सवारीले यात्रु बोक्न समेत पाउने छैन ।
यसै गरी अवदेखी अधिकांश सवारी साधनहरुमा हुनु पर्ने आवाश्यक कागज पत्र लगायत सवारी साधनको यान्त्रीक चेक जाँच ठिक नभएको पाईएमा समेत त्यस्ता सवारी पृथ्वी राजमार्ग र जिल्लाका कुर्नै पनी सडकमा चल्नै नदीने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।
सडकमा चेक जाँच गर्ने क्रममा नियम बिपरित रहेको तथा कागजपत्र बिपरित रहेका त्यस्ता सवारीका साधनहरु भेटिएमा जहाँ भेटियो त्यही रोक्ने र सवारी प्रहरीले नियन्त्रणमा लिने छ , प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
बिशेष गरी ग्रामिण क्षेत्रमा चल्ने मझौला र साना सवारीका साधनहरुमा सिट क्षमता भन्दा धेरै यात्रुहरु बोक्ने र दुर्घटना भए ठुलो धन जनको क्षती हुने भएका कारण यसको नियन्त्रणका लागी सबै सरोकारवाला निकाय बेलैमा सजग हुनु पर्ने देखिएको पनी तामाङले बताए ।
सवारी दुर्घटना न्युनकिरणका बिषयमा सरोकारवालाहरुसँग छलफल गरेर यस्तो निश्कर्ष निकालीएको हो ।
छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एस्पी रविन्द्र रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख नेत्रराज भट्ट, ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी प्रमुख डिएस्पी खगेन्द्र बहादुर खड्का जिल्ला स्थित् धादिङ यातायात, ग्रामिण यातायात, ट्रिपर तथा ट्रक यातायात ब्यबसायी संघ, अधिकांश राष्ट्रिय स्तरका यातायात ब्यबसायी संघका लगायतका प्रतीनिधीहरुसंग छलफल गरियको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar