लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न
न्युज डेस्कप्रकाशित मिति: २०७६ मंसिर २५, बुधबार (४ साल अघि)
१७७ पाठक संख्या
धादिङ :
धादिङ जिल्लाको बेनिघाट रोराङ गाँउपालिका वडा नं.१ स्थित बासखर्क आधारभुत बिद्यालयमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
संजाल समितिको आयोजनामा संजाल समितिका संयोजक ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक भोजराज पाण्डेयको अध्यक्षता तथा बेनिघाट रोराङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा “समानताको पुस्ता : बलत्कार बिरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ बासखर्क आधारभुत बिद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी निरिक्षक भोजराज पाण्डेयद्धारा कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पारियको थियो । प्रहरी निरिक्षक पाण्डेले लैंगिक हिंसा भनेको के हो ?, लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाईनुका कारण, प्रहरी र स्थानिय बिचको साझेदारी लगायतका बिषयमा प्रष्ठ पारेका थिए ।
कार्यक्रममा १ नं.वडाका वडा अध्यक्ष,महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख अतिथी लक्ष्मण प्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए ।