न्युज डेस्कप्रकाशित मिति: २०७६ मंसिर २०, शुक्रबार (४ साल अघि)
८९ पाठक संख्या
कपिलबस्तु :
पूर्व श्री ५ ज्ञानेन्द्र बिर बिक्रम शाहदेवले बिहीबार कपिलवस्तु धार्मिक भ्रमणमा जानुहँदा गोरुसिंगेमा उल्लेखिय मात्रामा जनमास उर्लियको थियो । पूर्व श्री ५ को गोरुसिंगेको जनमासले राजसंस्था फर्किने संकेत गरेको कपिलवस्तुबासीले आँकलन गरेका छन् ।
पूर्व श्री ५ ज्ञानेन्द्र बिर बिक्रम शाहदेवले बिहीबार कपिलवस्तुको बाणगंगा नगरपालिका को गोरुसिंगेमा रहेको पशुपतीनाथ मन्दिरमा पुजा आर्चना गर्नुभयको छ ।
पश्चिम क्षेत्रका बिभिन्न धार्मिक स्थल र क्षेत्रहरुको भ्रमण तथा सर्वसाधारणसँग भेटघाट गर्ने उद्देश्य सहित पूर्व श्री ५ ले आज शुक्रवार गोरुसिंगे स्थित् पशुपतीनाथ मन्दिरमा पुजा आर्चना गर्नुभयको हो ।
पूजा–अर्चनाका लागी पूर्व श्री ५ गोरुसिंगे स्थित् पशुपतीनाथ मन्दिर पुग्दा गोरुसिंगेमा उल्लेखिय मात्रामा जनमास उर्लियको थियो । पूर्व श्री ५ मन्दिरमा पुग्दा हजारौँको संख्यामा फुलमाला तथा पुष्पगुच्छा सहित उपस्थित् सर्बसाधारणहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र कायम गर’जस्ता नारा समेत लगाएका थिए ।
शाहको स्वागतका लागि का कपिलवस्तु जिल्लाको ४ नं. क्षेत्रका हजारौँ स्थानियहरु पुष्पगुच्छा सहित सडकमा लामबद्ध रुपमा उपस्थित् थिय । पूर्व श्री ५ आउने थाहा पायपस्चात् बाणगंगा वेलफेयर सोसाईटी र विभिन्न क्षेत्रबाट समेत मानिसहरु सड्क छेउमा लामबद्ध रहेका थिय ।
पूर्व श्री ५ द्धारा ११ औँ कपिलवस्तु महोत्सबको अवलोकन
पूर्व श्री ५ ले गोरुसिंगेबाट फर्किने क्रममा ११ औँ कपिलवस्तु महोत्सवको समेत अवलोकन गर्नुभयको छ ।
गोरुसिंगेमा पुगेर पशुपतिनाथ मन्दिरको पुजाआजा पश्चात पूर्व श्री ५ ले जितपुरवासी र आयोजक वाणगंगा वेलफेयर सोसाईटिको आग्रहमा ११ औँ कपिलवस्तु महोत्सवको अवलोकन गर्नुभयको शिवसेना नेपाल कपिलबस्तु जिल्ला अध्यक्ष भिष्मराज ढुगांनाले जानकारी दिनुभयो ।
कपिलबस्तु जिल्ला अध्यक्ष ढुगांनाका अनुसार पूर्व श्री ५ को बि.सं.२०६४ साल पछीको यो दोश्रो कपिलवस्तु भ्रमण भएको हो । भ्रमणलाई सफल पार्नको लागी जिल्ला स्तरीय समिती गठन गरि कार्यक्रमको तयारीलाई तिव्रता दिइएको समेत अध्यक्ष भिष्म ढुंगानाले जानकारी दिनुभयो ।
त्यस्तै भोली २१ गते शनिबार पूर्व श्री ५ नवलपरासीको पाल्ही भगवती को दर्शन गर्ने र अन्तिममा गौतम बुद्धको जन्मस्थल लुम्विनी जाने र आइतबार काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको समेत शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले जानकारी दिनुभयो ।