७ दिनभित्र बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण गरिने
न्युज डेस्कप्रकाशित मिति: २०७६ मंसिर १२, बिहिबार (४ साल अघि)
११९ पाठक संख्या
धादिङ :
बुढीगण्डकी जलविद्युत आयोजना मुअब्जा ७ दिन भित्र निर्धारण गर्ने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले विधि, प्रक्रिया र कानूनअनुसार ७ दिन भित्र निर्धारण हुन बाँकी रहेको क्षेत्रको मुआब्जा तय गर्ने भएको हो । आयोजना प्रभावितहरुले मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै असन्तुष्टि जनाएपछि ७ दिन भित्रमा मुआब्जा निर्धारण गर्ने तयारी गरिएको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले विद्यमान परिस्थितिमा कुनै बदलाव नभएको खण्डमा आगामी एक साताभित्र आवश्यक निर्णय गर्ने बताउनु भएको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार मुआब्जा निर्धारणको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । गत कात्तिकमा सकिएको सो इकाइको म्याद गत कात्तिक २९ र मङ्सिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनः एक वर्षका लाथि थप गरिसकेको छ ।
चालू आर्थिक वर्षमा आयोजना प्रभावितका लागि मुआब्जा नै वितरणका लागि मात्रै रु १३ अर्ब बराबरको बजेट विनियोजन गरेको छ । आयोजना प्रभावित गोरखाको अन्य स्थानको मुआब्जा निर्धारण भई वितरण भइरहेको भए पनि गोरखाको आरुघाट र आर्खे बजार एवं धादिङको खहरे बजारलगायतको क्षेत्रको निर्धारण हुन नै बाँकी रहेको छ ।
मुआब्जा शीघ्र निर्धारण गर भन्दै दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि निर्वा्चित जनप्रतिनिधि नै धर्नामा बस्न थालेका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्वास तथा पुनःस्थापना एकाइले गर्नुपर्ने कामसमेत प्रभावकारी नभएको भन्दै स्थानीयवासीहरुले गुनासो समेत गदै आएका छन् ।
मुआब्जा वितरण गर्दै जाँदा अपुग भएको खण्डमा थप बजेट उपलब्ध गराउन कुनै समस्या नरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्ट पारिसकेको छ । हालसम्म करिब रु २७ अर्ब बराबरको मुआब्जा वितरण भइसकेको छ