धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरी नायव निरीक्षक युवराज गुरुङको नेतृत्वमा गएको ८ जनाको गस्ति टोलीले ४९९० बोट गाँजा नष्ट गरेका छन् । सो प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा सहिदभुूमी गाउँपालिका वडा नं. ८ बस्ने भुवन सिंह राई, गोरमान राई, विष्णु बहादुर राई, जगत राई, सन्तोष राई, कुमार राई, रामकुमार तामाङ समेतको बारिमा अवैध रुपमा लगाएको गाँजा स्थानीय भद्रभलादमीको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यो क्षेत्रमा गाँजा त्यतिकै फल्ने गरेको पनि पाईन्छ । तर, केहि व्यत्तिहरु व्यावसायिक रुपमा खेती गरिएको पनि पाईएको प्रहरीले बताएका छन् । गाँजा खेति गरेको आरोपमा राम कुमार तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । सो स्थान इलाका प्रहरी कार्यालय पाख्रीबासबाट अंन्दाजी १५ किमि जति दक्षिण पश्चिम पर्ने प्रहरीले जानकारी दिए । जिल्ला प्रहरीका अनुसार बिस्तृत बिवरण केहि दिनमै आउने जानकारी दिए ।
यहाँ उत्पादित गाँजाहरु अन्य स्थानमा उत्पादित गाँजाभन्दा गुणस्तरीय मानिन्छन् । यहाँका गाँजा नेपालमा भन्दा भारतमा बढी प्रयोग हुने गरेको बताईन्छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar