धनकुटा । धनकुटामा सञ्चालन भइरहेको बृहत निःशुल्क स्वास्थ्य शिविरअनतर्गत सोमबार एकै दिनमा २ सय जनाको निःशुल्क शल्यक्रिया भएको छ ।
शल्यक्रिया शिविरमा १६ जनाको ठूला जटिल शल्यक्रिया (मेजर अप्रेशन) भएको थियो पायल्सको समेत शल्यक्रिया गरिएको थियो ।आजै १०८ जनाको दातको उपचार गरिएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताए ।
धनकुटामा जारी बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण गरिँदै आएको शिविर आयोजक समितिका सचिव विजय सन्तोषी राईले बताए ।
शिविरलाई व्यवस्थित र प्रभावकारी रुपमा वास्तविक पहुँच विहिनहरुलाई सेवा दिन सवैसंग समन्वय तथा सम्र्पक गरीरहेकोले ग्रामिण तथा दुर्गम क्षेत्रहरुबाट समेत विरामीहरु अत्यधिक रुपमा आउने थालेको शिविर समन्वय तथा व्यवस्थापन समितिका संयोजक सुनिल कुमार डंगोलले वताउनु भयो ।
कार्तिक १७ गते सम्म संचालन हुने वृहत निशुल्यक शल्यक्रिया स्वास्थ्य शिविरमा अहिले शल्यक्रिया गराउन दैनिक रुपमा ठूलो संख्याका आउने गरेको शिविर व्यवस्थापन तथा संचालन समितिका सदस्य सावित्रा राईले वताउनु भयो ।
सो शिविर कार्तिक १७ गतेसम्म सञ्चालन हुनेछ ।
शिविरलाई व्यवस्थित र प्रभावकारी रुपमा वास्तविक पहुच विहिनहरुलाई सेवा दिन सवैसंग समन्वय तथा सम्र्पक गरीरहेकोले ग्रामिण तथा दुर्गम क्षेत्रहरुबाट समेत विरामीहरु अत्यधिक रुपमा आउने थालेको शिविर समन्वय तथा व्यवस्थापन समितिका संयोजक सुनिल कुमार डंगोलले वताउनु भयो ।
कार्तिक १७ गते सम्म संचालन हुने वृहत निशुल्यक शल्यक्रिया स्वास्थ्य शिविरमा अहिले शल्यक्रिया गराउन दैनिक रुपमा ठूलो संख्याका आउने गरेको शिविर व्यवस्थापन तथा संचालन समितिका सदस्य सावित्रा राईले वताउनु भयो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar