काठमाडौँ । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उहाँका भतिजा सन्तोष न्यौपानेले जानकारी दिएका छन् । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट निकै ग्रसित हुनुहुन्थ्यो ।
न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय उहाँ साप्ताहिक जनसत्ताका प्रधानसम्पादक हुनुहुन्थ्यो । न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा हुनुहुन्छ । न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar