काठमाडौँ । बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली जुडो टोली आज हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । यही साउन २५ देखि २७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजी मुनि सञ्जीत डंगोल, ९० केजी मुनि श्रीराम मकाजु र १०० केजी मुनि रवीन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
महिलाको ५२ केजी मुनि देविका खड्का, ५७ केजी मुनि मनिता श्रेष्ठ प्रधान र ७८ केजी मुनि पुनम श्रेष्ठले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा सहभागी हुन लागेका सातै खेलाडी इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने खेलाडी हुन् । इण्डोनेसिया एसियाडमा नेपालबाट जुडोमा आठ खेलाडी सहभागी हुँदैछन् । बाँकी एक खेलाडी फुपुल्हामु खत्री टोकियो ओलम्पिक २०२० र एसियाडको तयारीका लागि जापानमा प्रशिक्षणरत छिन् ।
बुढापेस्ट ग्रान्ड प्रिक्समा पुरुष ६० केजी मुनि मोहन बमले पनि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । केही वर्षयता अस्ट्रेलियामा बस्दै आएका मोहन त्यतैबाट बुढापेस्ट पुगिसकेको नेपाल जुडो संघले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि जुडो टोलीले हंगेरीमै प्रशिक्षण गर्नेछ । टोलीलाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar