एजेन्सी– गत वर्ष मात्र फिल्म “एकथा टाइगर” को सिक्वेल “टाइगर जिन्दा है” बाट बक्स अफिसमा धमका मचाएका बलिउड नायक सलमान खानको मुख्य अभिनय रहने फिल्म ‘भारत’का लागि अभिनेत्री कट्रिना कैफ अनुबन्धित भएकी छन् । यस भन्दा अगाडि “एकथा टाइगर” र “टाइगर जिन्दा है” मा यो जोडिलार्इ दर्शकले खुब मन पराएका थिए । फिल्म भारतमा अभिनेत्री प्रियंका चोपडाले सुटिङको तयारीमा रहेको फिल्म छोडेको समाचार बाहिरिएपछि मुख्य अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले कट्रिनालाई अनुबन्ध गरेको हो ।
फिल्म भारतबाट हात झिकेपछि प्रियंकासँग रुष्ट बनेका सलमानले कट्रिना अनुबन्धित हुनसाथ ट्विटर मार्फत स्वागत गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘एक सुन्दर अनि सुशील केटी जसको नाम हो कट्रिना, उनलाई स्वागत छ भारतको जिन्दगीमा।’ उक्त फिल्ममा सलमान, कट्रिनासँगै सुनिल ग्रोवर, तव्बु, दिसा पटानी लगायतका कलाकारको मुख्य अभिनय रहने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar